स्वास्थ्य

थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार ६ सय ५३ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ८१ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना निको भएर घर फर्केका छन्।
आज थप ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३१ जना रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page