काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्।
प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार मन्त्रिपरिषदबाट कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।
कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण











Add Comment