समाज

नेकपा एमाले सप्तरीद्वारा स्व. रामसेवकको १४ औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली

भूपदेव माली /
राजविराज, ०२ भाद्र ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरीले स्व. रामसेवक पघैया यादवको १४ औं दिनको पुण्यतिथिको अवसरमा बुधवार एक कार्यक्रम गरी श्रद्धाञ्जली दिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३, पोर्ताहा स्थित निज निवास स्थानमा पार्टीका प्रदेश नम्बर २ प्रदेश कमिटी सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य शैलेन्द्र चन्द्र झा (बुधन झा) कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, हनुमानगर कंकालिनी नगरपालिकाका नगर कमिटी संजोयक देवनाथ यादव, लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए ।

स्व. रामसेवक पघैया यादव लामो कालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेमा सक्रिय कार्यकर्ताको रुपमा आफ्नो राजनैतिक छवि बनाउँदै प्रेस चौतारी मातहत रहि पत्रकारिता समेत गर्दै आएका यादवको हृदयघातका कारण यही श्रावण २३ गते राती १०ः०० बजे तिर निधन भएको थियो ।
स्व. यादवको दुई छोरा, जेठा छोरा सुनिल कुमार यादव, कान्छा छोरा रुपेश कुमार यादव तथा जेठी बुहारी प्रीति यादव, कान्छी बुहारी सोनी यादव र नातिनी प्रवाणी यादव स्वान्त्वना दिई स्व. यादवको सहित पत्नि रम्भालाई फोटोमा फूलमाला र अविरले श्रद्धाञ्जली दिएका छन् ।

You cannot copy content of this page