स्वास्थ्य

सप्तरीको कञ्चनरुप नगरपालिकामा हेलो सिस्टर कार्यक्रम लागु

डम्बर राई /
कञ्चनरुप, भदौ १६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम बीच हेलो सिस्टर कार्यक्रम उदघाटन गरेको छ ।
स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा हेलो सिस्टर लन्च गरेपछि पूर्व प्रसुती (गर्भ) जाँच सतप्रतिशत पुर्याउँने, उत्तर प्रसुती जाँच सतप्रतिशत पुर्याउँने, घरमा शुन्य प्रसुती घोषणा गर्ने, संस्थागत सुत्केरी सतप्रतिशत पुर्याउँने, सुरक्षित मातृत्व नगर घोषणा गर्ने उद्घेश्य पुराहुने भन्दै यो कार्यक्रम उदघाटन गरिएको हो ।
सो कार्यक्रममा नगरपालिकाका सबै वडाहरुका ९० जना स्वास्थ्य स्वयंसेविकाहरु र १२ जना हेलो सिस्टर कार्यक्रमका फोकल पर्सनहरुलाई मोवाइल र सिम हस्तान्तरण गरिएको थियो । स्वयं सेविकाहरुलाई इन्फिनिक्स किप्याड र फोकल पर्सनहरुलाई मल्टी(टचप्याड) मोवाइल हस्तान्तरण गरिएको हो । २०७४ साल देखि नै यो योजना लागु गर्ने भनी सहमत भएको यो कार्यक्रम बल्ल लञ्च भएको स्वास्थ्य शाखा सहायक अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

यो कार्यक्रमले स्वयंसेविकाहरुलाई काम गर्न सजिलो र भरपर्दो होस् जसका सुविधाले गाउँघरमा सुत्केरी महिलाहरुको समस्या तथा जोखिम एवं आपतकालिन अवस्थामा हेलो सिस्टरहरुलाई सम्पर्क गर्न सकिने छ । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आउँनु भएका नगर प्रमुख बसन्त कुमार मिश्रले कार्यक्रम लागु गर्न आफुलाई नगरपालिकाले छुट्टयाएको रकमबाट मोवाइल र सिम प्रदान गरिएको आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । आयोजक शाखाका सहसंयोजक गुप्ताको अनुसार हेलो सिस्टर कार्यक्रम नेपालमै यो नगरपालिकामा पहिलो हो ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका नगर प्रमुख मिश्रले यस नगरपालिकामा रोगव्याधले हत्तपत्त कोहि पनि नमर्ने बताउँनु भयो । उहाँले भन्नुभयो, सबै रोगको उपचारका लागि विराटनगर, धरान, काठमाडौ लगायतका शहरमा प्राप्त हुने स्वास्थ्य सेवा यहि उपलब्ध गराइने उद्घेश्यका साथ आफु अहोरात्र लागि परेको र निकट भविश्यमै धेरै पूर्वाधारहरु पूरा भइसक्ने छ ।

कोभिडको संक्रमणमा यस नगरपालिकामा धेरै क्षति भएको पनि हो र त्यसको दुईगुणा हुने प्रवल सम्भावना थियो तर त्यसलाई होसियारीका साथ नियन्त्रणका लागि पूर्व तयारी गरियो अनि क्षति हुन पाएन नगर प्रमुख मिश्रले बताउँनु भयो । यस नगरपालिकामा वालमैत्री कार्यक्रम घोषणा भइसकेको स्मरण गराउँनु हुदै भन्नुभयो, उमेरले विदा गर्नुपर्ने जेष्ठ नागरिक स्वयं सेविकाहरु पनि सक्रियरुपमा जनताका काममा जुटेका छन् ।
कानुनत उहाँहरुलाई नराख्ने भनेपनि उत्साहितका साथ सेवा पुर्याइरहेकाले यथावस्थामै उहाँहरु रहेको भन्दै काममा संन्तुष्टी छ खुशी व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य स्वयं सेविकाहरु पहिला स्वास्थ्य रहनु पर्छ अनिमात्र उहाँहरुले अरुलाई सेवा दिनसक्नुहुन्छ नगर प्रमुखले भन्नुभयो, स्वयंसेविकाहरुको स्वास्थ्यमा ध्यान पुर्याउन स्वास्थ्य शाखाले चासो लिनुपर्छ ।

यस्तै उहाँले यो नगरपालिका जिल्लामै उत्कृष्ट स्थानमा आउन सम्पूर्ण नगरवासीको सहयोग रहेको भन्दै नगरपालिकाले आफ्नो भागमा छुट्टयाएका रकमबाट स्वयं सेविकालाई प्रति महिना पाँचसयका दरले भत्तामा थप गरिदिएको जानकारी दिनुभयो । विस्तारै तपाईहरुको सेवा सुविधा बृद्घि हुदै जाने र अर्काे कार्यकाल तथा व्यवस्थाले पनि केहि गरिदिनेछ भन्ने नगरप्रमुखले आशा दिलाउँनुभयो ।
समारोहमा जिल्ला जनस्वास्थ्य सप्तरीकी कर्मचारी अम्बीका ओलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । ओलीले वडा नम्वर ११ स्थित ठेलियामा रहेको स्वास्थ्य भवन निर्माणका लागि सात कठा जग्गा दिनुभएको छ ।
कार्यक्रममा नगर उप प्रमुख निरु पोखरेलले सुत्केरी अवस्थामा महिलालाई हुने पीडा, कष्टको वारेमा सुझाउदै त्यस्तो अवस्थामा स्वयं सेविकाहरुले पूर्णरुपमा सहयोग गर्नुपर्छ , उनीहरुलाई अस्पताल लैजाने वातारण र सुत्केरी भएर आएपछि पनि हेरविचारमा ध्यान दिनुपर्छ भन्ने स्वयं सेविकाहरुलाई सल्लाह दिनुभयो ।

जबसम्म आमा स्वस्थ्य रहदैन तब जन्मेका बच्चापनि स्वस्थ्य रहदैन तसर्थ गर्भवती महिलालाई बेलैदेखि आवश्यक सरसल्लाह दिनेकामा स्वास्थ्य स्वयं सेविकाहरु चुक्नुहुदैन नगर उप प्रमुख पोखरेलले बताउँनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले कुनैपनि योजना वीनाको काम सफल नहुने हुँदा योजना बनाउँनु पर्छ र योजनाबद्घ ढंगले लाग्दा सफल हुने बताउँनु भयो । यसै कार्यक्रको उदाहरण दिदै उहाँले भन्नुभयो, यो निकै अगाडी देखिकै योजना बनाई आइरहेकोले आज पूर्णता भयो ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कर्मचारी अम्बीका ओलीले नेपालमै लागु हुन नसकेको मातृ शिशु जन्मदर यस नगरपालिकाको केहि वडामा लागु भएको भन्दै स्वास्थ्य क्षेत्रमा यो नगरपालिकाले राम्रो प्रगति गरेको बताउँनु भयो । उहाँले हेलो सिस्टरमा अझै सिस्टरको संख्यामा बृद्घि गरेर लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नम्वर २ मै कञ्चनरुप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको दावी गर्नुभयो ।
सपना चौधरीले कार्यक्रमको उदेश्यमाथी बुँदागतरुपमा प्रष्टयाउँनु भएको थियो । स्वास्थ्य शाखाका अधिकृत रामसेवक यादवको अध्यक्षतामा आयोजित समारोहको संचालन शाखाका सहायक अधिकृत डम्बर प्रसाद गुप्ताले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page