स्वास्थ्य

आज थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।
देशभर ३३ हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page