समाज

हनुमाननगर कङकालिनि नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी) , १६ भदौ । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हनुमाननगर कङकालिनि नगरपालिका वडा नम्बर ८ योगिनियाका अन्दाजि २५ वर्षीय धिरु भनिने धिरेन्द कुमार यादव रहेका छन् ।
गोप्य सूचनाको आधारमा यादवको घर छापामारी गर्दा १ सय २५ ग्राम ब्राउनसुगर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।
घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
यादवमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page