समाचार

कतारमा नेपाली मजदुर अलपत्र ; स्वदेश पठाईदिनुपर्ने माग सहित लेवर कोर्टमा उजुरी

राजविराज । खाडी मुलुक कतारमा एक नेपाली मजदुर अलपत्र परेका छन । करिब एक महिनादेखी कम्पनीले काममा पनि नलगाउने र खान, बस्ने र स्वदेश पठाउने व्यवस्था नमिलाएपछि अलपत्र परेका हुन।
राम्रो कमाई हुने उदेश्यले करिब ५ वर्ष पहिले साहुसँग ब्याजमा ऋण लिएर सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ मनियार प्रसाही टोल बस्ने २४ वर्षीय प्रभु कुमार मुखिया बिदेश गएका थिए ।
अहिले सन २०२२ सम्म काम गर्ने अवधि रहेपनि अलपत्र परेको त्यहाँबाट सन्तोष कुमार यादवले जानकारी दिए ।
यता घरको आर्थिक अवस्था पनि ठिक नभएको र गरिबी टार्ने मनसायले छोरालाई बिदेश पठाएपनि त्यहाँ कमाई नै नभएपछि चिन्ता झनै बढेको परिवारले जनाएको छ । अहिले त झन छोरोलाई कम्पनीले काम र क्वाटरबाट निकालिएको खबर सुनेपछि चिन्ता बढेको बुबा रामबिलास मुखियाले बताए । अब छोरो कहिले स्वदेश आउने होला भनेर झनै तनाव भएको मुखियाले बताए ।
यसैसन्दर्भमा अलपत्र मुखियाले आफू अन्यायमा परेकोले आफूलाई स्वदेश पठाउनुपर्ने माग राख्दै रेड लिन्क्स कन्स्ट्रक्सन कम्पनी विरुद्ध प्रशासन मन्त्रालय मातहत डिपार्टमेन्ट अफ लेवर (लेवर कोर्ट) मा उजुरी दिएको बताए ।
सन २०२१ साल सेप्टेम्बर २३ तारिकका दिन मुखियाले आफूलाई ढिलो ज्याला दिने गरेको, बिदा स्वीकृत गर्नुपर्ने, टिकट र फ्लाइट गराईदिनुपर्ने माग राख्दै उजुरी दिएका छन।
खाडी मुलुकमा अलपत्र मुखिया जस्तै कयौं नेपालीले यसरी नै पिडा भोग्नुपर्ने बाध्यता छ । लाखौं नेपालीले आफ्नो श्रम खाडी मुलुकमा बेचेपनी सुविधाजनक स्थिति नरहेको कतिको गुनासोका खबरहरु बाहिरि रहेका छ्न्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page