खेलकुद

एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु हुँदै ; काठमाडौं किंस–११ र ललितपुर पाट्रिओट्स भिड्दै

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौँथो संस्करण खेल आज शनिबारबाट सुरु हुँदैछ । पहिलो खेलमा काठमाडौं किंस–११ र ललितपुर पाट्रिओट्स भिड्दैछन् ।
खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।
ललितपुरका कुशल भुर्तेलले कप्तानी सम्हाल्ने जाइएको छ । काठमाडौंको कप्तानी भने लेग स्पीनर सन्दीप लामिछानेले गर्दैछन् ।
काठमाडौंमा विश्व चर्चित पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी रहेका छन् । उनी ललितपुरका लागि भारी हुने आँकलन गरिएको छ । त्यस्तै ललितपुरमा अफगानिस्तानका अजमातुत्लाह ओमार्जाइ, श्रीलंकाका ओसाडा फर्नान्डो रहेका छन् ।
प्रतियोगिता आजबाट सुरु भएर २३ गतेसम्म चल्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page