खेलकुद

प्रथम टिम इभेट्न्स ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि फत्तेपुरलाई

खगेन्द्र कार्की –
फत्तेपुर ।
सप्तरीको सप्तकोसी नगरपालिकामा सञ्चालित प्रथम टिम इभेट्न्स ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि फत्तेपुरले जितेको छ।

दशैको अवसर पारेर न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरले आयोजना गरेको प्रतियोगितामा उदयपुरको साबिक गाविस बेल्टार ,बसाहा, शुन्दरपुर ,रामपुर ,तपेश्वरि र सप्तरीको फत्तेपुर शम्भुनाथ गाविसका ४९ जोडिले सहभागिता जनाएको प्रतियोगिता फाइनलमा बेल्टारलाई हराउँदै फत्तेपुरले टिम इभेन्ट्सको उपाधि जितेको छ ।

बेल्टार तपेश्वरि क्रमशः दोस्रो र तेस्रो भएको न्यु त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम दितिय र तृतीय हुने टिमलाई क्रमशः १५ हजार , १० हजार , ५ हजार नगद र ट्रफि मेडल बितरण गरिएको श्रेष्ठले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page