स्वास्थ्य

थप ५ सय ९६ जनामा कोरोना भाइरसको सङक्रमण , १० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ८ सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ७५ हजार ९ सय ४३ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट आज १० जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ ।
देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page