शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाज

कञ्चनरुपमा गणकहरुका लागि चार दिने तालिम सुरु

कञ्चनरुप , १३ कात्तिक । स्थानिय जनगणना कार्यालयले शनिवार कञ्चनरुप नगरपालिका वडा नम्बर –१२ स्थित शंकर माध्यमिक विद्यालय रुपनगरमा चार दिने गणक तालिम सुरु गरेको छ ।
तालिमको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले तालिममा सहभागी गणकहरुले सहि तथ्याङ्क संकलन गरी नमुना गणक बन्न आग्रह गर्दै राम्रो का मगर्नेको मूल्याङ्कन र सम्मान हुने बताउनु भयो ।
उहाँले गणकहरुले नम्र भई नरिसाइकन तथ्याङ्क संकलन गरी जनगणना २०७८ लाई सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले गणकहरुले घरघरमा गई तथ्याङ्क संकलन गर्नुपर्ने बताउँदै जनगणनाको तथ्याङ्क संकलनले पालिकाको लेखाजोखा समेत हुने भएकाले कुनै कुराहरु नछुटाईकन राम्रोसँग तथ्याङ्क संकलन गर्न गणकहरुलाई सुझाव समेत दिनुभयो ।
शंकर विद्यालयका शिक्षक प्रमोद कटुवाल, प्रशिक्षकद्वय ललित नारायण यादव, राजेश्वरी चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्थानिय जनगणना अधिकारी अप्सरा अधिकारीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
तालिममा कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिरहुत गाउँपालिकाका १ सय ४ जना गणकहरु सहभागी रहेका छन् ।
प्रशिक्षकद्वय ललित नारायण यादव, राजेश्वरी चौधरी र रामशरण गुरमैतीले गणकहरुलाई सहजीकरण गर्ने बताइएको छ । १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा तालिमको उदघाटन भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page