स्वास्थ्य

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम, आज ३७२ संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा तल झरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ९ सय ११ जना सङ्क्रमणमुक्त भएपछि देशभर गरी कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय २६ मात्रै रहेको छ ।
आज थप ३ सय ७२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय १६ नमुनाको पिसिआर परीक्षण गर्दा २ सय ९७ जना तथा २ हजार ५ सय ९५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page