स्वास्थ्य

आज थप ५ सय ३३ जनामा कोरोना संक्रमण, ४९० जना निको भए

काठमाडौं । नेपालमा आज थप ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६४ जनाको आरटी पीसीआर परिक्षण गर्दा ४४१ जना र एन्टिजन परिक्षण गर्दा ९२ जना गरि जम्मा ५३३ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, आज ४ सय ९० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ रहेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page