धर्म संस्कृति

रुपनगरमा भब्यताको साथ मानाईयो ११४२ औं न्हु दँया भिन्तुना

बृजमान तामाङ /
विरेन्द्र वजार, १९ कार्तिक ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शुक्रबार नेपाल सम्बत ११४२ न्हु दँया भिंन्तुना भव्यतापुर्वक मनाएको छ ।
नेवा: देय दवु जिल्ला कार्य समिति सप्तरीको आयोजनामा नेपाल सम्बत ११४२ भब्यतापुर्वक मनाएको हो ।
नेवाःदेयः दवु सप्तरीका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले राष्ट्रिय विभुती शंखधर शाख्वाले राष्ट्रको लागि पुर्‍याएको योगदान राष्ट्र निर्माणका लागि प्रेणादायी रहेको बताए ।

राष्ट्रिय विभुती शाख्वाले सामाजिक रुपान्तरणका लागि ठूलो योगदान गरेको चर्चा गर्दै मन्त्री साहले देशमा गरिवका लागि गरेका ॠण मिनाहा र नेपाली जनतालाई सामान्तवादको दास प्रथाबाट मुक्त गर्ने कार्य राष्ट्रको लागि प्रेणादायी कार्य भएको उल्लेख गरे ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङले नेपाल सम्बत ११४२ लाई देशको कामकाजको सम्वत बनाउनु पर्नेमा जोड दिए । नेपाल सम्बतलाई राष्ट्रिय सम्वत घोषणा भए राष्ट्रिय बिभुती शाख्वाको सच्चा सम्मान हुने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व वतावरण मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हेमराज तातेड, कन्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्र, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव भोला पासवान, नेवाः देव दवु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ, कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्री लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

मित्र नारायण श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत नेवाःदेय दबु सप्तरीका पूर्व अध्यक्ष वम बहादुर श्रेष्ठले गरे ।
कार्यक्रममा जेष्ठ नागारिक वीर बहादुर श्रेष्ठ र ईन्द्रमाया श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा पन्चकन्या तथा नेवार पहिचान झल्कने लाखे नाच सहितका नेवार समुदायको पहिचान झल्कने गित संगित समेत प्रस्तुत गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page