स्वास्थ्य

आज थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५१ नमुनाको परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज थप २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना सङ्क्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८९ पुगेको छ ।
देशभर ७ हजार ६ सय ४२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page