स्वास्थ्य

आज थप ४ सय ४४ जना सङ्क्रमणमुक्त, २ सय ४२ जनामा कोरोना संक्रमण

नेपालमा आज थप २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थप ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् ।
नेपालमा निको हुने दर ९७.७ प्रतिशत छ ।
त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पनि भएको छ । हालसम्म कूल ११ हजार ४९५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page