स्वास्थ्य

आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ६४ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ८८ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज थप २ सय ६४ जना निको भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कूल सङ्क्रमितको ९७.७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
आज थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ ।

ADV
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page