स्वास्थ्य

थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय १८ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज थप ३ सय ४२ जना निको भएका छन् ।
आज थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page