कृषि

सप्तरीमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित

पिन्टु कुमार यादव –
राजविराज, १९ मंसिर ।
सप्तरीका किसानहरुले बिगत झैं रासायनिक मलको चरम अभाव खेप्नुपरेको छ । जिल्लामै मलको समस्या र अभाव चुलिएपछि सप्तरीका किसान समस्यामा परेका छन्।
मल नपाउँदा ग्रामीण गरिब तथा विपन्न किसानलाई गहुँ र तरकारी खेतीमा कठिनाइ परेको छ । रासायनिक मल युरिया र डिएपीको चरम अभाव रहेको छ । किसानले धान भित्र्यापछि आलु, गहुँका साथै अन्य खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालेका छन् । रासायनिक मलको अभावमा गहुँको उत्पादन घट्ने भएपछि कृषक थप चिन्तामा छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड राजविराजका प्रमुख शत्रुधन साहका अनुसार युरियाको खासै अभाव छैन । पहिलो लटमा ४० बोराका दरले एक सय ३८ वटा संस्थालाई यताबाट बितरण गरिएको साहले बताए।
कृषि सामाग्री संस्थानबाट पनि डिएपी बितरण भइरहेको छ । हामीले पहिलो लटमा यति दिएका छौं । केहि दिनभित्रै डिएपी आएपछि बितरण गर्नेछौं ।किसानलाई मलको अभाव हुन नदिन प्रयासरत छौँ उनले भने ।
किसानहरुलाई बितरण गर्न पठाइएको मल चाहिँ किसानले सहज रुपमा पाइरहेका छैनन् । रासायनिक मलको अभावको वर्षेनि गुनासो सूनिन्छ ।अहिले चारैतिर रासायनिक मल उपलब्ध गर्न किसान व्यस्त देखिन्छन् । जतासुकै मल अभावको टिका टिप्पणी हुने गरेको छ।
नेपालमा वर्षेनि करिव ५ लाख मेट्रीक टन विभिन्न तत्वयुक्त रसायनिक मलको आवश्यकता पर्दछ तर हालका वर्षहरुमा ३ लाख मेट्रीक टन भन्दा वढी परिमाणका लागि अनुदान प्राप्त हुन नसकेको साल्ट ट्रेडिङको तथ्यांकमा उल्लेख गरिएको छ।
नेपालमा प्रयोग हुमे मल युरियावाट ४६ प्रतिशत नाईट्रोजन, डिएपिवाट १८ प्रतिशत नाईट्रोजन र ४६ प्रतिशत फस्फोरस, म्यूरेट अफ पोटासवाट ६० प्रतिशत पोटासियम तत्व प्राप्त हुन्छ ।

सप्तरीमा कूल २९ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले गहुँ खेती लगाउने गरेको कृषि ज्ञनकेन्द्रको तथ्यांक उल्लेख गरिएको छ । सप्तरीमा कृषि भूमी ९ लाख ९ हजार ५ सय ९९ हेक्टर क्षेत्रफल रहेपनि खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात ६४ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page