समाज

सप्तरीको कञ्चनरुपबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक पक्राउ

कञ्चनरुप, ७ पुष । सप्तरीको कञ्चनरुपबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल भिमनगर ग्राम पञ्चायत वडा नम्बर ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेका छन् ।
दुबै जनालाई जिल्लाको कञ्चनरुप नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page