कृषि

प्रधानमन्त्री कृषि परियोजना आँप जोनको संयोजकमा डेनोक मोक्तान

बृजमान तामाङ
विरेन्द्र बजार ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आँपजोन संचालक समवन्य समिति सिरहाका संयोजकमा डेनोक मोक्तान चयन भएका छन ।
सिराहाको धनगढी नगरपालिका १० स्थित समितिको परियोजना कार्यालय जिरोमाईलमा सोमबार सम्पन्न बैठकले संयोजकमा मोक्तानलाई चयन गरेको हो ।
गठित समितिको सह संयोजकमा विजय कुमार साह, सचिवमा शान्ति कुमारी सिंह, सह सचिवमा रामसागर यादव चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा मनु कुमार स्याङ्दन, अम्बिका चौधरी, खगेश्वर यादव, मो. सकिल अख्तर र अमर कुमार यादव रहेका छ्न् ।
सो बैठकको अध्यक्षता प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सिराहाका प्रमुख रविन्द्र कुमार महथाले गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page