राजनीति

व्यवस्था परिवर्तनमा कलाकारहरुको महत्वपूर्ण योगदान छ : मन्त्री साह

वृजमान तामाङ/
विरेन्द्र बाजार ।
प्रदेशको नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बर्तमान शासन व्यवस्था परिवर्तन गर्न कलाकारहरुको योगदान महत्त्वपूर्ण रहेको बताएका छ्न ।
सप्तरीको राजविराजमा विहिवार समाजवादी साँस्कृतिक महासंघ सप्तरीद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री साहले पहिचान र अधिकार सुनिश्चितताको संघर्षमा कलाकारहरुको भुमिका अबिस्वास्निय रहेको बताए । मधेश आन्दोलनलाई अगाडी बढाउनदै उत्कर्ष सम्म पुर्याउनु कलाकारहरुको योगदान महत्वपूर्ण रहेको छ : मन्त्री साहले भने, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा कलाकार मित्रहरुले गित संगित मार्फत आफुलाई थपेको उर्जा अझै सम्झिनै राखेको छु । बर्तमन शासकीय व्यवस्था परिबर्तनमा कलाकारहरुले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले हामी सबैले मिलेर लडेर ल्याएको व्यवस्था अनुसार गठन भएको प्रदेश सरकारले कलाकारहरुको संरक्षण गर्नु दाईत्व हुने बताए ।
प्रदेश २ सरकारले छिटै भाषा, संस्कृति प्रतिष्ठान गठन गर्ने बताउदै मन्त्री साहले कलाकारहरुलाई प्रदेश सरकार तनमन र धनले समेत सहयोग गर्न तत्पर रहेको बताए ।
समाजवादी साँस्कृतिक महासंघका केन्द्रिय सचिव एवम पूर्व साँसद लक्ष्मी चौधरीले जनतामा जनजागरण गराउन तथा पार्टीको विचार उजागर गर्न कलाकारहरुको ठूलो भुमिका हुने बताए ।
समाजवादी साँस्कृतिक महासंघका केन्द्रिय सदस्य गोपाल प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ , समाजवादी विधार्थी संघका केन्द्रिय सदस्य श्याम कुमार यादव,गितकार करुणा झा, कलाकारहरु मुख्तर आलम, सुवास विरपुरिया, निर्मला चौधरी, टिक बहादुर तामाङ, गोपाल झा तेजु मैथिली, देबेन्द्र सोनि, कैलाश झा, भुषन सिंह (झबर) विरेन्द्र सप्तरीया लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन विध्यानन्द यादव ( बेदर्दी )ले गरेका थिए । कार्यक्रममा पहिचानको आन्दोलनमा योगदान गर्ने ढेढ दर्जन कलाकारहरुलाई मन्त्री साहले सम्मान पत्र र गम्छा ओढाएर सम्मान गरेका थिए ।
सम्मानित हुने कलाकारहरुमा करुणा झा,कैलाश झा, तेज मैथिली, विरेन्द्र सप्तरिया, टिक बहादुर तामाङ, सुभानन्द झा, सुवास विरपुरिया, दिल कुमारी चौधरी, लक्षमि चौधरी,बद्री नारायण यादव,गोपाल चौधरी,राम कुमार सिंह,राधव झा, फुलेश्वर चौधरी, दिनानाथ चौधरी,गोपाल झा हरिबंश यादव,निर्मला चौधरी लगायतका रहेका छ्न ।
सो भेलाले सामाजवादी साँस्कृतिक महासंघ जिल्ला कार्यसमिति सप्तरी गठन गर्ने आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page