राजनीति

राप्रपाद्वारा राजविराजमा विरोध प्रदर्शन,नालायक सरकारका कारण पृथ्वीजयन्ती सडमा मनाउने परिस्थिति सिर्जना भयो : साह

बृजमान तामाङ
राजविराज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिनेश साहले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने पृथ्वी जयन्ती सरकारको बेवास्ताले सडकमा मनाउनु बाध्य पारेको बताएका छ्न ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीद्वारा राजविराजमा मंगलबार ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कोण सभालाई सम्बोधन गर्दै नेता साहले राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय पर्वको रुपमा मनाउन सरकार असक्षम सावित भएको भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रपिता पृथ्वीनारायण साहको योगदानले सिंगो नेपाल देश बनेको नेपाली राष्ट्रभक्त जनताले भुलेको छैन, नेता साहले भने, विखण्डनकारी नालायक सरकारको बेवास्ताले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने एकता दिवस सडकमा मनाउन बाध्य बनाए ।
नेता साहले बर्तमान सरकार राष्ट्रिय अखण्डता, एकता र सहिष्णुता विरोधी रहेको आरोप लगाए । अर्काको ईसारमा चल्ने सरकार राष्ट्रविरोधी गतिविधि गर्न सक्रिय भएको चर्चा गर्दै नेता साहले राष्टघाती एमसिसी पारित गराउन सम्पुर्ण राज्यशक्तीको दुरुपयोग गरेको भन्दै आक्रोश व्यक्त गरे ।
साहले एमसिसी संसदबाट पारित गर्ने प्रयास गरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । नेता साहले देशको राष्ट्रियता रक्षाका लागि राजतन्त्र पुनर्स्थापनामा जोड दिए । देश अभिभावक विहिन भएको भन्दै उनले त्यसैको फाईदा उठाएर बर्तमन सरकार र ठूलो कहलाउने राजनीतिक पार्टीले मिलेर देशको अस्तित्व बेच्ने प्रयास गरेको आरोप लगाए । किसानहरुले गरेको आन्दोलन प्रती एकिबद्वता जनाउदै नेता साहले किसानहरुले उठाएको जायज माँगलाई अबिलम्ब सम्बोधन गर्न माँग गरे ।
राष्ट्रिय प्रजातान्त्र पार्टी सप्तरीको अध्यक्ष उम्म्देश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित कोणसभामालाई पुर्व केन्द्रिय सदस्य मिना राणा, जिल्ला सह सचिव सुरेन्द्र कुमार साह, सप्तरी क्षेत्र नम्बर ४ (ख) का अध्यक्ष विरेन्द्र कुमार यादव, पुर्व जिल्ला उपाध्यक्ष विमला विष्ट लगायतकाले सम्बोधन गर्दै हिन्दुराष्ट सहितको संबैधानिक राजसंस्था स्थापना नभए सम्म संघर्ष जारी राख्ने बताए ।
यसअघि पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍यालीले नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमामा संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम गर, पृथ्वीनारायण साह अमर रहुन, किसानको माँग पूरा गर, भ्रष्टाचार अन्त्य गर लगायतका नारा लगाउदै प्रदर्शन पछि जन आन्दोलन चौकमा पुगेर कोण सभा आयोजना गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page