खेलकुद

सप्तरी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता यही चैत १० गतेदेखि हुने

सप्तरी, ६ चैत । सप्तरीको राजविराजमा यही चैत १० गतेदेखि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि–२० क्रिकेट (एसपीएल) प्रतियोगिता हुने भएको छ ।
जसको खेलाडी चयन गर्न अक्सन आज कृष्ण पार्टी प्यालेस राजविराजमा विहान ११ बजेदेखि सुरु भएको थियो ।
सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र १० गते देखि १७ गतेसम्म हुँने एसपीएल प्रतियोगितामा बोदे बर्साईन थन्डर्स, टिभीएस किंग्स राजविराज, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स र रुपनी राईडर्स गरि कुल पाँच टोलि सहभागी छन् ।
प्रतियोगितामा एउटा टिममा १६ जना खेलाडीहरु रहनेछन् भने त्यसमध्ये १४ जना खेलाडीको चयन अक्सनमार्फत हुनेछ । अक्सनमा कुल १३९ जना खेलाडीले नाम दर्ता गराएका सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक टिममा ५ जना खेलाडी सप्तरी जिल्ला बाहिरको हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page