खेलकुद

प्रथम कञ्चनरुप मेयर कप फुटबल प्रतियोगिता : दोस्रो दिन ट्राइवेकरमा वडा नम्बर ७ विजयी

कञ्चनरुप, १६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार वडा नम्बर ७ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ४ र ७ बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ७ विजयी भएको हो ।
वडा नम्बर ७ का जर्सि नम्बर १२ का राहुल कटुवाल, जर्सी नम्बर १४ का सागर भुजेल र गोल किपर रंजित चौधरीले एकएक गोल गरे भने वडा नम्बर ४ का जर्सी नम्बर १३ का किशोर चौधरीले एक गोल गरेका थिए ।

ट्राइवेकरमा वडा नम्बर ७ ले ३ गोल हान्न सफल भयो भने वडा नं. ४ ले एक गोल मात्र हान्न सफल भयो । वडा नम्बर ७ का गोल किपर रंजित चौधरी म्यान अफ दि म्याच भए । हिजोको खेलमा वडा नम्बर १२ का राजाराम मण्डल म्यान अफ दि म्याच घोषित भएको आयोजकले जनाएको छ ।
भोलि बिहीबारको खेल कञ्चनरुप दुई र नौ बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page