खेलकुद

कञ्चनरूप खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, उद्घाटन खेलमा बेल्टारका महिला टिम विजयी

कञ्चनरूप (सप्तरी), १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा शुक्रबारबाट कञ्चनरुप २ स्थित कबडहलमा खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले रेफ्रि सन्तोष कटुवाललाई कक र व्याट हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।
सप्तरी र उदयपुर जिल्लाका चार वटा महिला टिमसहित ३६ वटा टिम प्रतियोगितामा सहभागि रहेको आभिषेक गौतमले बताउनुभयो ।
उद्घाटन खेल बेल्टारका महिला टिम निताशा मगर, रोजी राईको ग्रुप र विकिता आचार्य, परिषा मगरको ग्रुप बीच भएको व्याटमिन्टन प्रतिस्पर्धामा निताशा मगर र रोजी राईको ग्रुप विजयी भएको गौतमले बताउनु भयो ।
खेलको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले अहिलेको युग खेलकुदको युग रहेकाले खेलकुदको विकास हुन अतिनै आवश्यक रहेको बताँदै युवाहरुको मागलाई सम्बोधन गरेर आफूले मेयर कप व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।
वडा नम्बर ४ र १० का वडा अध्यक्षद्वय रामनारायण प्रसाद साह, दिलिप कुमार चौधरी, खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
फाइनल खेल शनिवार हुने आयोजकले जनाएको छ । नगरपालिका सामाजिक विकास शाखाको संयोजक एवं वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page