खेलकुद

प्रथम कञ्चनरूप मेयर कप फुटबल प्रतियोगिताको चौथो दिन वडा नम्बर ८ विजयी

कञ्चनरुप, १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको चौथो दिन शुक्रवार वडा नम्बर ८ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ र १० बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ८ विजयी भएको हो ।
वडा नम्बर ८ का जर्सि नम्बर २ का उत्तन चौधरी , जर्सी नम्बर ९ का हंसराज चौधरी र जर्सी नम्बर १२ का प्रदिप पासवानले एकएक गोल गरे भने वडा नम्बर १० का जर्सी नम्बर २ का नरेश कुमार पासवान र जर्सि नम्बर ११ का सुरज पासवानले एक एक गोल गरेका थिए ।
ट्राइवेकरमा वडा नम्बर ८ ले ३ गोल हान्न सफल भयो भने वडा नं. १० ले २ गोल मात्र हान्न सफल भयो । वडा नम्बर ८ का जर्सी नम्बर २ कागोल उत्तम चौधरी म्यान अफ दि म्याच भए ।
भोलि शनिबारको खेल कञ्चनरुप १ र ३ बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page