खेलकुद

खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, चौदण्डिगढीका विनय चौधरीको ग्रुप प्रथम

कञ्चनरुप, १९ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा कञ्चनरुप २ स्थित कबडहलमा खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा चौदण्डिगढी नगरपालिका ५ उदयपुरका विनय चौधरी र सनिल चौधरीको ग्रुप प्रथम भई बिजय भएका छन् ।
चौदण्डिगढी ५ उदयपुरका बिनय चौधरी, सनिल चौधरीको ग्रुप र चौदणडिगढि नगरपालिका उदयपुरका केनिस मगर , साजन राइको ग्रुप बिच भएको फाइनल खेलमा विनय चौधरीको ग्रुप प्रथम भई बिजयी भएको हो ।
त्यसैगरी केनिस मगरको ग्रुप दोश्रो र चौदणडिगढि ५ उदयपुरका प्रमोद चौधरी , समीर फुयाल र कञ्चनरुप नगरपालिका सप्तरीका अभिषेक गौतम , राकेश थापाको ग्रुप तृतीय भएको छ ।

प्रथम हुनेर्ला जनही नगद ६ हजार , कप , मेडल र प्रमाणपत्र ,दोस्रो हुनेलाई जनही नगद ४ हजार , कप , मेडल र प्रमाणपत्र , र तृतीय हुनेलाई जनही नगद २ हजार , कप , मेडल र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो ।
त्यस्तै महिला तर्फ बेल्टार उदयपुरका रिना राईको ग्रुप प्रथम र बिस्नु मगरको ग्रुप दोश्रो भएका थियो ।
प्रथम हुनेलाई नगद ५ हजार र दोस्रो हुनेलाई नगद ३ हजार प्रदान गरि पुरस्कृत गरिएको सारदा तिम्सिनाले बताउनु भयो ।
सप्तरी र उदयपुर जिल्लाका चार वटा महिला टिमसहित ३६ वटा टिम प्रतियोगितामा सहभागि रहेको अभिषेक गौतमले बताउनुभयो ।

खेलको समापन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले खेलाडीहरुले अनुशासित भई उच्च मनोबलका साथ खेल खेल्दा राम्रो प्रगति हुने बताउँदै खेलकुदको विकास हुन अतिनै आवश्यक रहेको बताउनु भयो ।
उहाँले युवाहरुको मागलाई सम्बोधन गरेर आफूले मेयर कप व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।, खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेल , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो
नगरपालिका सामाजिक विकास शाखाको संयोजक एवं वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page