खेलकुद

कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बिरुद्ध वडा नम्बर नौ (९) ३-१ गोल अन्तरले विजयी

कञ्चनरुप, २३ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोश्रो चरणको अन्तिम दिन बुधवार वडा नम्बर ९ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ९ र १२ बीच भएको खेलमा पहिलो हाफको ७ मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर २ का अजय सरदारले १ गोल गरे भने दोस्रो हाफको २४ मिनेटमा वडा नम्बर १२ का जर्सी नम्बर ३ का दिपक मगरले १ गोल गरि खेललाइ बराबरीमा ल्याएका थिए । खेल अवधि भर दुवै टिमबाट थप कुनै पनि गोल हुन नसकेपछि ट्राइवेकरमा वडा नम्बर ९ विजयी भएको हो ।

वडा नम्बर ९ का जर्सि नम्बर ६ का सुनिल सरदर , जर्सी नम्बर ७ का संजय सरदर , जर्सी नम्बर १० का सुरेन्द्र सरदारले एकएक गोल गरे भने वडा नम्बर १२ का जर्सी नम्बर ७ का अफताव अलिले एक गोल गरेका थिए ।
ट्राइवेकरमा वडा नम्बर ९ ले ३ गोल हान्न सफल भयो भने वडा नं. १२ ले १ गोल मात्र हान्न सफल भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page