खेलकुद

कञ्चनरुप प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल वडा नम्बर ५ र ८ बिच हुने

कञ्चनरुप २६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा नम्बर ५ विजयी भएको छ भने दोश्रो सेमिफाइनलमा वडा नम्बर ८ बिजयी भएको छ ।
शनिबार बरमझियाको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेल कञ्चनरुप ५ र १२ बीच भएको खेलमा दुबै टिमले एक एक गोल गरे पछि गोल बराबरी हुन गइ ट्राइवेकरमा खेल खेलाउदा वडा नम्बर ५ विजयी भएको हो ।
पहिलो हाफको १ मिनेटमा वडा नम्बर १२ का जर्सी नम्बर १५ का लिल बहादुर खडकाले १ गोल गरेका थिए भने दोस्रो हाफको ६ मिनेटमा वडा नम्बर ५ का जर्सी नम्बर ८ का मनोज तामाङले १ गोल गरि खेललाई बराबरीमा ल्याएका थिए ।
ट्राइवेकरमा वडा नम्बर ५ का जर्सि नम्बर ८ का मनोज तामाङ , जर्सी नम्बर ५ का समीर सरदार, जर्सी नम्बर ६ का किरण सरदार र जर्सी नम्बर १४ का संजय तामाङले एकएक गोल गरे भने वडा नम्बर १२ का जर्सी नम्बर ७ का अफताव अलि ,जर्सी नम्बर ११ का रामधन मण्डल र जर्सि नम्बर १५ का लिल बहादुर खडकाले एक एक गोल गरेका थिए ।
ट्राइवेकरमा वडा नम्बर ५ ले ४ गोल हान्न सफल भयो भने वडा नं. १२ ले ३ गोल मात्र हान्न सफल भयो । वडा नम्बर ५ का जर्सी नम्बर ८ का मनोज तामाङ म्यान अफ दि म्याच भए ।
त्यसैगरी दोश्रो सेमिफाइनल खेल वडा नम्बर ३ र ८ बिच भएको थियो ।
दोस्रो हाफको १८ मिनेटमा वडा नम्बर ८ का जर्सी नम्बर ९ का अमर मण्डलले १ गोल गरि आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफको २३ औं मिनेटमा वडा नम्बर ३ का जर्सी नम्बर १२ का देव सरदारले १ गोल गरि खेललाई बराबरिमा ल्याएका थिए ।
खेल अवधी भर दुवै टिमबाट थप गोल हुन नसके पछि खेललाई ट्राइवेकरमा लगिएको थियो ।
ट्राइवेकरमा वडा नम्बर ३ का जर्सी नम्बर २ का संजय चौधरी, जर्सी नम्बर ७ का उमेश चौधरी, जर्सी नम्बर १० का अजित चौधरीले एक एक गोल गरे भने वडा नम्बर ८ का जर्सी नम्बर २ का उत्तम चौधरी, जर्सी नम्बर १० का शंकर साह , जर्सी नम्बर १२ का प्रदिप पासवान ,जर्सी नम्बर १३ का उत्सव मगरले एक एक गोल गरेका थिए ।
वडा नम्बर ८ ले ४ गोल र वडा नम्बर ३ ले ३ गोल मात्र हान्न सक्यो । वडा नम्बर ८ का जर्सी नम्बर ७ का फुलचन कुमार पासवान म्यान अफ दि म्याच भएका थिए ।
भोलि आइतबार फाइनल खेल वडा नम्बर ५ र वडा नम्बर ८ बिच हुने आयोजकले बताएको छ ।
भोलि सोमबार दोश्रो चरणको खेल कञ्चनरुप ७ र ८ बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page