खेलकुद

गाइघाट फुटबल क्लब उदयपुरले डागिहाट फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश

फत्तेपुर (सप्तरी) । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको दोस्रो दिन शनिवार गाइघाट फुटबल क्लब उदयपुर विजयी भएको छ ।
गाइघाट फुटबल क्लब उदयपुर र डागिहाट फुटबल क्लब बीच भएको खेलमा दुबै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटमा ४-३ को अन्तरले गाइघाट फुटबल क्लब विजयी भएको हो ।

यससँगै गाइघाट फुटबल क्लब उदयपुर डागिहाट फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलको म्यान अफ दि म्याच उदयपुरका गोलकिपर सन्जिब श्रेष्ठ घोषित भए।
भोलि दमक फुटबल एकेडमी झापा र सहलेस फुटबल क्लब सिराहा बिच खेल हुने आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page