राजनीति

दुई जनाको उम्मेदवारी पछि कञ्चनरुप १२ काँग्रेस वडा अध्यक्षमा विवाद उत्पन्न, श्रेष्ठ स्वतन्त्र उठ्ने

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता पछि विवाद उत्पन्न भएको छ ।
नेपाली काँग्रेस पार्टीबाट दुई जनालाई टिकट सहित उम्मेदवारी दर्ता भएपछि उम्मेदवारहरुबीच आधिकारिकताको विषयलाई लिएर विवाद भएको हो ।
वाड नम्बर १२ को वडाध्यक्ष पदमा सुरज पोखरेल र जीत बहादुर श्रेष्ठले काँग्रसकै टिकटमा उम्मेदवारी दर्ता गराईएको छ ।

काँग्रेसका उम्मेदवार सुरज पोखरेल र जीत बहादुर श्रेष्ठ दुबैको नाममा टिकट आए पनि पहिलो दर्ता गर्नै पोखरेललाई पार्टीको नाममा र श्रेष्ठलाई स्वतन्त्रमा निर्वाचन कार्यालयले सार्वजविक गरेको छ । तर श्रेष्ठले आफुलाई आएको पार्टीको टिकट बैध रहेको दावी गर्दै आएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page