बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

सप्तकोसी नगरपालिकामा नगर प्रमुख ढकाल र उप प्रमुख चौधरीद्धारा पदभार ग्रहण

खगेन्द्र कार्की
फत्तेपुर, १८ जेठ ।
सप्तरीको सप्तकोसी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद ढकाल र उप प्रमुख रिताकुमारी चौधरीले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तकोसी नगरपालिकामा नेपाली कांग्रेसबाटको तर्फ बाट बिजयी नगर प्रमुख कृष्ण प्रसाद ढकाल र उप प्रमुख रिताकुमारी चौधरीले एक कार्यक्रमका बिच बुधबार पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण गर्ने बितिकै नगर प्रमुख ढकालले सप्तकोसी नगरपालिकामा रहेका अशक्त अपांग बृद्धअवस्थामा रहेकाहरुलाई निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गर्नुभएको छ । आफ्नो ५ वर्षे कार्यकाल विशुद्ध जनताको सेवा गर्ने नै मुल मर्म भएको उहाँले बताउनु भयो । नगरको योजनाबद्ध विकासको लागी लागी पर्ने ढकालले बताउनु भयो ।

यस्तै नगर उप प्रमुख रिताकुमारी चौधरीले पनि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गदै उप प्रमुख चौधरीले आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर भुमिका निर्वाह गर्ने बताउनुभयो ।
सप्तकोसी नगरपालिकाले आयोजन गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा निबर्तमान जनप्रतिनिधिहरुको बिधाइ कार्यक्रम नवनिर्वाचित नगरप्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पदभार ग्रहण कार्यक्रममा मधेस प्रदेशका प्रदेश शभा सदस्य सत्यनारायण मण्डल संबिधान सभा सदस्य डा. सुबोध पोखरेल, हेमराज तातेड, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page