कृषि

सप्तरीको विरेन्द्र बजारमा प्रदेश स्तरीय दूध व्यवसाय तालिमको आयोजना

बृजमान तामाङ /
विरेन्द्र बजार, २८ जेठ ।
सप्तरीको विरेन्द्र बजारमा प्रदेश स्तरीय सहकारीका लागि आयमुलक दूध व्यवसाय सम्बन्धि ३ दिवसीय तालिम आयोजना गरिएको छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशद्वारा शनिबार देखि तालिम आयोजना गरिएको हो ।
मन्त्रालयका सहकारी विभाग प्रमुख ओम नारायण झाको अध्यक्षतामा आयोजित ३ दिवसीय तालिमको उद्वघाटन कार्यक्रमका प्रमुख अतिथि कृषि संघ सप्तरीका अध्यक्ष बलराम यादवले गरे ।

जिल्ला बचत तथा ॠण सहकारी संघ सप्तरीका कोषाध्यक्ष चेत नारायण मेहताद्वारा संचालित कार्यक्रममा स्वागत संघका संचालक सिताराम महतोले गरे ।
जेठ ३० गते सम्म संचालन हुने तालिममा जिल्ला स्थित रहेका विभिन्न कृषि सहकारीका पदाधिकारी तथा प्रतिनिधि गरि २५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page