कृषि समाचार

कञ्चनरूप १२ द्वारा कुखुरा पालन कृषकहरूलाई अटोमेटिक ड्रिङ्कर सामग्री वितरण

कञ्चनरूप, ६ असार । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ ले कुखुरा पालन गर्ने कृषकहरूलाई सोमबार कुखुरालाई खुवाउने अटोमेटिक डि्रङ्कर सामग्री वितरण गरेको छ ।
वडा कार्यालयको २०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार कुखुरा पालनमा आधुनिकरण गर्न दर्ता गरेर कुखुरा पालन व्यवसाय सञ्चालन गरेका ८ जना कुखुरा पालन गर्ने कृषकहरूलाई रू. १ लाखको लागतमा अटोमेटिक ड्रिङ्कर निशुल्क वितरण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनु भयो ।
५ जना किसानलाई प्रति किसान १४ वटा, २ जनालाई प्रति किसान १० वटा र १ जना किसानलाई ७ वटा अटोमेटिक ड्रिङ्कर सामग्री वितरण गरिएको वडा सदस्य जैनुदिन मियाले बताउनु भयो ।
सो कार्यक्रममा पशुपंक्षी विकास शाखाका अधिकृत दिवाकान्त चौधरी, समाजसेवी पेशल जोशी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
वडा नम्बर १२ का वडा अध्यक्ष खत्रीको अध्यक्षतामा सामग्रीहरु वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page