बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

मोरङको सुन्दरहरैचाबाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ, असार १३ गते । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका ५ बुढिपुल स्थितबाट आइतबार बेलुका लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका ८ का ३० वर्षीय सुरेन्द्र राई , २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुको साथबाट जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध ८ किलोग्राम गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page