समाचार

निजामती सेवा दिवसको अवसरमा गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

राजविराज, २२ भदौ । सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई आज १९ औं निजामती सेवा दिवसको अवसरमा फलफुल वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजको आयोजनामा निजामति सेवा दिवसको अवसर पारेर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी, सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राजविराज कारागारका प्रमुख किशोर कुमार राम, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झालगायतका कर्मचारीले अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गर्नुभयो ।
कर्यक्रममा बिभिन्न कर्मचारी संगठनका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
‘व्यावसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सप्तरीमा मङ्गगलबार सरकारी कार्यालयको सरसफाई गरिएको थियो । आज गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेर साँझ सरकारी कार्यालयहरुमा दीप प्रज्वलन गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page