समाचार

बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ

झापा, भाद्र २४ गते । झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड-५ का १९ बर्षीय कालु दास रहेका छन ।
बिहीबार बेलुका बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्दा दासको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्‍धित ब्राउन सुगर बरामद भए सगै दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page