खेलकुद

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो ।
महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page