खेलकुद

नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको ८ औं सस्करण असोज ९ देखि शुरु हुने

खगेन्द्र कार्की –
फत्तेपुर । उदयपुरको चौदण्ढि गढि नगरपालिका बसाहामा हुन गइरहेको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको ८ औं सस्करण असोज ९ देखि शुरु हुने भएको छ।
चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा हुने प्रतियोगितामा कूल ८ वटा टिमहरुले सहभागिता जनाउने निर्वतमान बसाहा क्लवका अध्यक्ष शेखर राईले जानकरी दिए ।
नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा एक विदेशी क्लव एभिनीयर क्याम्रुनसहित चारतारे मोरङ, गोर्खा व्वाइज स्पोटर्स रुपन्देही, चर्ज व्वाईज क्लब काठमाण्डौ, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर फुटबल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा फुटबल क्ल्बले सहभागिता जनाउने भएका छन् ।
गोल्डकपको सन्चालनको लागि अनुमानित ३२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ लाग्ने गोल्डकप आयोजक कमिटीका संयोजक भुपेन्द्र राईले जानकारी दिए ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page