खेलकुद

८ औं सस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप शुरु ,उद्घाटन खेलमा मोरङ विजयी

खगेन्द्र कार्की –
फत्तेपुर ।
उदयपुरको चौदण्ढि गढि नगरपालिका बर्खेडाडामा जारि नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको ८ औं सस्करण आइतबारदेखि शुरु भएको छ।
बसाह फुटबल क्लबको आयोजनामा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजक कमिटीका सदस्य लाखमान राईले जानकरी दिए ।
प्रतियोगिताको आइतबार चारतारे फुटबल क्लब मोरङ र गोर्खा व्वाइज स्पोटर्स रुपन्देही बिचको भएको उद्घाटन खेलमा खेल शुरु भएको २१ औं मिनेटमा चारतारे फुटबल क्लब मोरङका तर्फबाट जर्सि नम्बर १० का भुवन बस्नेतले एक गोल गरि टिमलाई १-० को अग्रता दिलाएका थिए ।

हाल्प टाइम पछिको निर्धारित समय सकिन ४ मिनेट बाकि रहदा मोरङको तर्फबाट बस्नेतले थप एक गोल गरि मोरङले बिजयि शुरुवात गरेको छ।
आयोजक कमिटीका संयोजक भुपेन्द्र राइको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन चौदण्ढिगढि नगरपालिकाका नगर प्रमुख कालु लामाले गरेका थिए।
प्रतियोगिताको दोस्रो खेल सोमबार गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर फुटबल संघ बिच हुने आयोजक कमिटीका सदस्य दिपक राउतले जानकारी दिए।
नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा एक विदेशी क्लव एभिनीयर क्याम्रुनसहित चारतारे मोरङ, गोर्खा व्वाइज स्पोटर्स रुपन्देही, चर्ज व्वाईज क्लब काठमाण्डौ, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर फुटबल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा फुटबल क्ल्बले सहभागिता जनाएका छन्।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद रु ४ लाख र २ लाख रुपैयाँ र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page