खेलकुद

नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा भोजपुर बिजयी

खगेन्द्र कार्की –
फत्तेपुर । उदयपुरको चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा भोजपुर बिजयी भएको छ।
चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा सोमबार गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर फुटबल संघ बिच भएको खेलमा खेल शुरु भएको १६ औं मिनेटमा भोजपुरको तर्फबाट जर्सि नम्बर १० का सन्तोष तामाङले एकगोल गरि टिमलाई अग्रता दिलाएका थिए ।
एक सुन्य गोलले पछि परेको झापाको तर्फबाट खेल शुरु भएको २७ औं मिनेटमा जर्सि नम्बर १४ गिल्सन लिम्बूले एक गोल फर्काइ टिमलाइ बराबरीमा पुर्याएका थिए। निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुट आउटको आधारमा खेल निर्णय गरिएको थियो ।
पेनाल्टी सुट आउटमा ५-३ को अन्तरले झापालाई हरादै भोजपुर बिजयी भएको आयोजक समितिका सदस्य दिपक राउतले जानकारी दिए ।

मंगलबार हिने तेस्रो खेल आयोजक बसाह र चर्ज व्वाईज क्लब काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ।
नारद मनि थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा एक विदेशी क्लव एभिनीयर क्याम्रुनसहित चारतारे मोरङ, गोर्खा व्वाइज स्पोटर्स रुपन्देही, चर्ज व्वाईज क्लब काठमाण्डौ, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर फुटबल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा फुटबल क्ल्बल गरि ८ वटा टिमले सहभागिता सहभागिता जनाएका छ्न्।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page