खेलकुद

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा भलिबल टिमलाई

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा भलिबल टिमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा धनुषाले मोरङ टिमलाई ३-२ सेटले पराजित गर्दै उपाधी जितेको हो ।
पहिलो सेट्मा धनुषा २२ का विरुद्ध २५, दोस्रो सेटमा मोरङ २१ का विरुद्ध २५, तेस्रो सेटमा धनुषा २१ का विरुद्ध २५, चौथो सेटमा मोरङ २१ का विरुद्ध २५ तथा अन्तिम तथा पाचौं सेट्मा १४ का विरुद्ध १६ अंक जोडे ।
उपाधी जितेसँगै धनुषा टिमले रू १ लाख नगदसहित ट्रफी हात पारेको छ । यस्तै दोस्रो भएको मोरङ टिमले रू ५१ हजार र ट्रफी प्राप्त गरेको छ ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले विजेता तथा उप विजेता टोलीलाई नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका छन् ।
छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरिका १० जिल्लाको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page