बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

प्रेस चौतारी नेपाल सप्तरीले जिल्लामा निर्वाचनको लागि प्रचार डेस्क संचालन गर्ने

कञ्चनरुप, १९ कात्तिक । प्रेस चौतारी नेपाल सप्तरी शाखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्नको लागि सप्तरी जिल्लामा प्रचार डेस्क संचालन गर्ने भएको छ ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाले जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको प्रयोगबाट प्रचार प्रसारलाई व्यवस्थित बनाउने भएको हो ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाको शनिबार कञ्चनरुप नगरपालिकामा सम्पन्न बैठकले प्रेस चौतारी नेपालको निति अनुरुप जिल्ला का ४ वटै निर्वाचन क्षेत्रमा प्रेस चौतारी नेपाल सप्तरी शाखामा आबद्ध पत्रकारहरुलाई एमाले–जसपाका उम्मेदवारहरुको चुनाव प्रचारप्रसार परिचालन गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय प्रचार विभाग र प्रदेश सूचना डेक्स र जिल्ला पार्टी कार्यालयसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्ने प्रतिवद्धताका साथ लागि पर्ने बैठकले निर्णय गरेको छ।
एमालेको केन्द्रीय कमिटी, जिल्ला कमिटीले तयार पारेका घोषणा पत्रका उम्मेदवारहरुले तयार पारेका प्रतिबद्धता पत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्ने, पार्टीले निर्माण गरेका प्रतिबद्धता र घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका निर्णय भएको प्रेस चौतारी नेपाल सप्तरी शाखा सचिव शिव प्रसाद आचार्यले जानकारी दिनुभयो।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्कीले कार्यक्रमको उदेश्य र जिल्लामा मिडियाको अवस्था बारे जानकारी गराउनुका साथै चौतारीको आगामी कार्यभार बारे पनि जानकारी गराउनु भएको थियो।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देबकोटा, नेकपा एमालेका केन्द्रिय सदस्य सप्तरी सह इन्चार्ज तथा सप्तरी क्षेत्र न १ (क) का प्रदेश सभा सदस्य राजकुमार लेखि, नेकपा एमाले प्रदेश कमिटी सदस्य वसन्त मिश्र, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की, प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटी महिला उपाध्यक्ष अर्चना परियार लगायतको उपस्थिति रहेको थियो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page