समाचार

सप्तकोसी नगरपालिकामा भूमि निति नियम सम्बन्धि एक दिने वडास्तरीय अभिमुखिकरण

फत्तेपुर, २१ मंसिर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा बुधबार भूमि निति, कानुन र नियम सम्बन्धि एक दिने वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बेलायत सरकारको सहयोगमा सप्तकोसी नगरपालिका आत्मनिर्भर केन्द्र र सामुदायिक सेबा केन्द्रको संयुक्त आयोजनामा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको हो ।
कार्यक्रममा भुमि निति, कानुन र नियमको बारेमा वडाका जनप्रतिनिधि, वडा अध्यक्ष, वडा सदस्य, वडाका कर्मचारीहरु ,वडामा रहेका टोल बिकास संस्थाका प्रमुख, वडामा रहेका वडा पार्टी प्रतिनिधिहरु लगायतलार्इ जानकारी गराइएको थियो।

अभिमुखिकरण कार्यक्रममा भुमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले नेपाल सरकारको निति अनुसार ७ सय ५३ वटै पालिका सम्पुर्ण भुमि हिनहरुलार्इ जग्गा उपलब्ध गराउने उदेश्य सहित यो कार्यक्रम लागु गरि काम शुरु गरिएको बताएका छ्न।
सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेका भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन अवस्था र सत्यपनमा आवश्यक सहयोग गरि भुमि सम्बन्धि एेन ,कानुन र अन्य अनुभवहरु बारे सिकाइ आधानप्रधान गर्ने र सहजीकरण समितिको भुमिका तथा कार्य जिम्मेवारी बारे अभिमुखिकरण कार्यक्रममा छलफल गरिएको आत्मनिर्भर केन्द्रका फिल्ड प्रमुख इन्द्र रामले जानकारी दिए।

अभिमुखिकरण कार्यक्रममा भुमिहिनको परिभाषा ,अव्यवस्थित बसोबास ,परिवार ,एलानि जग्गा ,शहरी क्षेत्र ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधार र मापदण्डको बारेमा सहभागीहरुलार्इ अभिमुखिकरण गरिएको थियो।
कार्यक्रममा कार्यक्रम कस फिल्ड प्रमुख इन्द्र राम ,भुमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादव ,जिल्ला सदस्य हरिनारायण महतो, टोलि प्रमुख विशेस्वर प्रसाद शाहले सहजिकरण गरेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page