समाचार

शम्भुनाथ नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

राजविराज, २२ मङ्सिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र शम्भुनाथ नगरपालिकाको समन्वयमा आयोजित बाल अधिकार शिविर तथा बाल अधिकार समूहको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले जन्मदेखि नै सुरु हुने सिकाइ प्रक्रिया जिवन्त रहुञ्जेल निरन्तर भइरहने बताउनु भयो । इन्सेकले प्रदान गरेको दुई दिने क्षमता अभिवृद्धि तालिमले उल्लेख्य र अतिआवश्यक मानव अधिकार र बाल अधिकारका विषय वस्तुहरुलाई स्पष्ट पार्न सहयोग पु¥याएको उहाँले बताउनु भयो ।

शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र गुप्ताले तालिमबाट बालबालिकाहरुको मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकाहरुले आफ्नो परिवार र समुदायमा बाल अधिकार र मानव अधिकार शिक्षालाई व्यापक रुपमा आगाडि बढाउन सके मात्रै बालमैत्री र मानव अधिकारमैत्री समाजको स्थापना गर्न सकिने नगर प्रमुख गुप्ताले बताउनु भयो । उहाँले यस कार्यका लागि इन्सेक र नगरपालिका सँग–सँगै रहेर कार्य गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
शम्भुनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार साहले बालबालिकाको क्षेत्रमा शम्भुनाथ नगरपालिकाले गम्भीरतापूर्वक नीति र कार्ययोजना निर्माण गर्न आवश्यक रहेकोले इन्सेकले कार्यक्रममार्फत नगरपालिकालाई सचेत र सजग बनाएको बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेकले बालबालिकाको क्षमता अभिवृद्धि गर्दै बालमैत्री परिवार, समाज र राष्ट्र निर्माणमा विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको बताउनु भयो । आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नुहुँदै पासवानले तालिमको उद्देश्य, बाल अधिकार समूहको काम, कर्तव्य र अधिकार, बाल भित्ते पत्रिका प्रकाशन विधि साथै बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा सहजिकरण गर्नु भएको थियो ।
इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले स्थानीय सरकारसँग बाल क्लबको संलग्नताबारे जानकारी दिनुहुँदै बाल अधिकारका चार स्तम्भअन्तर्गत बालबचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका विषयमा सहजिकरण गर्नु भएको थियो ।

शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर विक्रम थापाले संविधान र कानुनमा बालबालिका सम्बन्धी हक तथा पालिकाले बालबालिकाका क्षेत्रमा गर्ने कार्यका सन्दर्भमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
शम्भुनाथ नगरपालिकाका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखा प्रमुख रुलो देवी चौधरीले पालिकामा बालबालिकाको बजेट अवस्था र बाल क्लव परिचालन विषयमा सहजिकरण गर्नु भएको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले सामाजिक समस्या र त्यसको समाधानमा बालबालिकाको भूमिका, बाल अधिकार समूहको कार्य योजना, बाल अधिकार समूह र स्थानीय सरकारको नीति तथा कार्यक्रममा बाल अधिकारका सवालहरुका सन्दर्भमा सहिजकरण गर्नु भएको थियो ।

रामदयाल माविका प्रधानाध्यापक उमेश प्रसाद भगत र श्री जनता मावि, रामपुर जमुवाका प्रधानाध्यापक विजय चौधरीले इन्सेकले बाल अधिकार समूहलाई लक्षित गरी आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमलाई विस्तार गरी प्रत्येक वडाका बालबालिका र उनीहरुका अभिभावकहरुलाई समेत लाभ पुग्ने गरी कार्यक्रमलाई सामुदायिकीकरण गरिनु पर्नेमा जोड दिनु भयो ।
तालिममा रामदयाल मावि सखुवा कचन्दाहामा गठित भविष्य उच्वल बाल अधिकार समूह र श्री जनता मावि रामपुर जमुवामा गठित लालि गुराँस बाल अधिकार समूहका २५÷२५ जना गरी ५० जना बालबालिका र दुबै विद्यालयका एक÷एक जना संरक्षक शिक्षकको सहभागिता रहेको थियो । साथै कार्यक्रमको उद्घाटन र समापन सत्रमा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष, सदस्य र स्थानीय वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन र व्यवस्थापन इन्सेक सप्तरी सहजकर्ता विशेन्द्र पासवानले गर्नु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page