समाचार समाज

राजविराजमा ३५ जना अपाङ्गता भएका व्यक्तहरुलाई न्यानो कपडा बितरण

बृजमान तामाङ /
राजविराज,२४ मंसिर । ३१ औं अपाङ्गता दिवसको अवसरमा राजविराजमा शनिबार असहाय, गरिब, बिपन्न अपाङ्गता भएकाहरूलाई कम्वल र दरी वितरण गरिएको छ।
राजबिराजका समाजसेवी सुभाष भन्सालीले आफ्नै निवासमा ३५ जना अपाङ्गता भएका ब्यक्तीहरूलाई न्यानो कपडा प्रदान गरिएको हो।
राजबिराज स्थित भन्साली ट्रेडर्सका संचालक,कपडा ब्यवसायी समेत रहेका भन्सालीले समाजिक उतरदायित्व अन्तर्गत अपाङ्गता भएकाहरूलाई जाडोमा न्यानो कपडा सहयोग गरेको र बिकासका लागि सधै सहयोग गर्ने प्रतिबद्वता गर्नुभयो।

उक्त अवसरमा अपाङ्ग संघका अध्यक्ष बिरेन्द्र कुमार चौधरी, सचिव रामचन्द्र यादब, समाजसेवी ईन्जिनियर सुर्य नारायण यादब, पत्रकार बिनय कुमार कर्ण, चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो।
यस अगाडी नै ३१ औं अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका ब्यक्तीहरूलाई स्टेशनरी, थालहरू सहयोग गरिएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page