समाचार

सामाजिक विकास मन्त्री साह र आचार्य सितलकृष्ण विच भेट

बृजमान तामाङ /
राजविराज, २४ मंसिर । मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं सप्तरी १ बाट निर्वाचित साँसद नवल किशोर साह र आचर्य सितलकृष्ण विच भेटघाट भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित मन्त्री साहको निवासमा शनिबार उनीहरुविच मैत्रीपुर्ण भेट भएको हो ।
भारतको विन्द्रावनबाट हिन्दु धर्ममा आचार्य गरेका सितलकृष्ण र मन्त्री साहविच धार्मिक छ्लफल भएको थियो । भेटघाट पछि मन्त्री साह र आचर्य सितल कृष्णाले हनुमान नगर स्थित प्रसिद्ध हनुमान मन्दिर दरवार पुगेर कालो हनुमानको दर्शन गरे । उनले हनुमान मन्दिरको समेत अवलोकन गरेका थिए ।

उक्त भेटघाटमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, लोसपा नेता जयप्रकाश ठाकुर, पत्रकार मनोहर पोखरेल, डम्बर राई, बृजमान तामाङ, राजेन्द्र मिश्रा, पुनम पोखरेल लगायतका स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page