समाचार

लैंङ्गिक हिंसा बिरुद्ध कविता गोष्ठी, उर्जा साह प्रथम

राजविराज, २४ मङ्सिर । लैङ्गिक हिंसा विरुद्ध राजविराजमा शुक्रबार सम्पन्न प्रतियोगितात्मक कविता गोष्ठीमा उर्जा साह प्रथम हुनुभएको छ ।
लैङ्गिक हिंसा विरुद्ध मूल समारोह समितिको आयोजना र मैथिली साहित्य कला प्रतिष्ठान (मिलाफ)को संयोजनमा सम्पन्न मैथिली कविता प्रतियोगितामा कल्पना साह द्वितीय र शोभाकान्त यादव तृतीय हुनु भएको छ ।
“सभ्य समाजको पहिचानः लैंङ्गिक हिंसा बिरुद्धको अभियान“ सन्दर्भमा आयोजित प्रतियोगितामा विजेताहरुलाई साहित्यकारहरु नन्दलाल आचार्य, मञ्जु श्रेष्ठ र मनोहर पोखरेलले पुरस्कार वितरण गर्नुभयो ।

मिलाफकी अध्यक्ष रमिला साहको अध्यक्षतामा राजबिराज नगरपालिकाको सभाकक्षमा सम्पन्न “मैथिली कविता प्रतियोगिता“ मा मञ्जु श्रेष्ठ, बिद्यानन्द बेदर्दी, दिनानाथ यादव, शम्भु श्री, गजेन्द्र गजुर, मीना साह, संजय शर्मा, अनीता चौधरीलगायतकाले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दास, राजविराज नगरपालिकाकी महिला, बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख अनिता चौधरीलगायतकाले मानव अधिकार दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी नानीमैया कटवाल, मेची महाकाली बुहारी संयुक्त आवाजकी कोषाध्यक्ष रत्ना तामाङ, नेपाल मजदुर यातायात संघका अध्यक्ष संजय साह, अनुसंधान विकास केन्द्रकी अध्यक्ष कविता प्रमाणीलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page