समाचार

वन संरक्षणमा सामुदायिक वन उपभोक्त समितीको योगदान सराहनीय : मन्त्री साह

बृजमान तामाङ /
महुली, २४ मंसिर । सप्तरी क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समितिहरुको योगदान सराहनीय रहेको बताएका छ्न ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ६ स्थित मोहनपुरमा शनिबार मालती मझौ मोहनपुर सामुदायिक वन उपभोक्ता समुहको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले वन संरक्षणमा सामुदायिक वन उपभोक्त समितिहरुले गरेको योगदानको प्रशंसा गरे । वनको सुरक्षा गर्न वन उपभोक्ता समितिले खेलेको भुमिका छर्लङ्ग छ्न, मन्त्री साहले भने, कतिपय कानुनी समस्याले अझै पनि सोचे जतीको उपलब्धि भएको छैन, ऎन कानुनको अभावमा पनि वन उपभोक्ता समितिले बन संरक्षणमा ठूलो योगदान गरेको छ ।

वन ऎन संशोधन गर्नुपर्ने आबश्यकता औलाउदै कार्यक्रमका प्रमुख अतिथ मन्त्री साहले सामुदायिक वन संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले क्षेत्रको सर्वाङ्गिण विकासका लागि सधै अग्रसर रहने बताए । सामाजिक विकास मन्त्री मधेस प्रदेश भरिकै थिए, मन्त्री साहले भने, कृषि विश्वविद्यालय लगायतका धेरै राष्ट्रिय गौरवको योजना आफ्नो प्रयासमा सप्तरीमा ल्याए, फेरि सेवा गर्ने अबसर दिनुभएको छ, क्षेत्रको विकासमा बढी केन्द्रीत हुनेछु, विकासको कार्यलाई निरन्तरता दिनेछु । क्षेत्रबासीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै उनले जनताले दिएको विश्वासको मतको सधै कदर गर्ने बताए ।

मालती मझौ मोहनपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रमादेवी कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ का वडा अध्यक्ष अशोक कुमार आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक कुमार चौधरी, आदर्श दुग्ध उपभोक्त सहकारी संस्था बकधुवाका व्यवस्थापक प्रभुनाथ कोइराला, समाजसेवी भुवन आचार्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

सामुदायिक बन उपभोक्त समुहका संयोजक अर्जुन आचार्यद्वारा संचालित कार्यक्रममा स्वागत आधारभूत विधालय मोहनपुरका छात्रछात्राहरुले गरे । साधारणसभा सभामा २१ वटा वन उपभोक्ता समितिका पदाधिकारी, प्रतिनिधि लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page